- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, वैशाख ३ गते बुधबार । कोरोना भाइरसको संकटबाट बाहिर निस्कदै गरेको चीनको वुहानमा बनाइएको सबैभन्दा ठूलो अस्थाई अस्पताल बन्द गरेको छ ।
गत फेब्रुअरीदेखि कोरोना भाइरसको संक्रमण रोकिएपछि बुधबारबान अस्थायी अस्पताल बन्द गरिएको हो । सो अस्पतालमा तैनाथ गरिएका हजारौं चिकित्साकर्मीको अन्तिम समूह बिदा भएको छ ।
कोरोना भाइरसको संक्रमणको सुरुआतमा महामारीको केन्द्र बनेको वुहान सहरमा रोगीको उपचारका लागि अस्पताल बनाइएको थियो । सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार मध्य चीनको हुबेई प्रान्तको राजधानी वुहानमा अस्पताल निर्माण गरिएको थियो ।
वुहानमा कोभिड–१९ का रोगीको उपचारका लागि १० दिनमा १ हजार भन्दा बढी शैय्या क्षमताका दुई अस्पताल बनाइएको थियो ।
यो अस्पताल ती दुईमध्ये एक हो । यी दुई अस्पतालका अलावा चीनले कोभिड–१९ का रोगीलाई अलग राख्न तथा उनीहरुको उपचारका लागि १४ अतिरिक्त अस्थायी स्वास्थ्य केन्द्र बनाएको थियो । यी सबै अस्पताल अहिले बन्द गरिएको छ ।
सरकारी पत्रिका चाइना डेलीले कोरोना भाइरस नियन्त्रणका लागि पठाइएका सयौं स्वास्थ्यकर्मीहरुको अन्तिम टोली वुहानबाट फर्किएको छ ।
चीनको वुहानमा कोरोना भाइरस संक्रमण फैलिएपछि त्यसको उपचारका लागि ४२ हजार भन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको थियो ।
सरकारले यसअघि वुहानमा लगाएको लकडाउन ८ अप्रिलमा समाप्त गरेको थियो ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments