जेष्ट बचतले घरदैलो सेवा सहित साताको दुई दिन कार्यालयबाट सेवा दिने
मेरो अनलाइन
काठमाडौं, वैशाख ३ गते बुधबार । काठमाडौंको गोंगबुमा मुख्य कार्यालय रहेको जेष्ट बचत तथा ऋण सहकारी संस्थाले सातामा दुई दिन कार्यालय खुल्ला गरेर आफ्ना सदस्यहरुलाई सेवा प्रदान गर्ने जनाएको छ ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण तथा रोकथामको लागि लागू भएको लकडाउनमा आफ्ना सदस्यहरुलाई कारोबार गर्न अफ्ठेरो नहोस् भनेर सातामा आईतबार र बुधबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कार्यालय खोलेर गोंगबु स्थित प्रधान कार्यालयबाट सदस्यलाई सेवा प्रदान गर्ने संस्थाका प्रमुख कार्यकारी सञ्चालक मधुसुदन पाठकले जानकारी दिनुभयो ।
लकडाउन अवधिभर आफ्ना सदस्यलाई पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै संस्थाले घरदैलो सेवा पनि प्रवाह गरिरहेको र एक पटकमा ५० हजार रुपैयाँसम्म घरमै पुर्याईदिने व्यवस्था संस्थाले मिलाएको पनि पाठकले बताउनुभयो ।
सक्किगोनीमा सिते बा को भूमिकामा दर्शकको मन जित्न सफल हुनुभएका कलाकार तथा सहकारीकर्मी पाठकले सम्पूर्ण नेपालीलाई यो बिषम परिस्थितीमा घरमै सुरक्षित रहन आग्रह पनि गर्नुभएको छ । साथै आफ्ना सदस्यहरुलाई कुनै अफ्ठेरो परेमा संस्थाले सहयोग गर्ने समेत उहाँले बताउनुभयो ।
हेर्नुस् पाठकको भिडियो सन्देश

Comments