कोरोना राहत कोषमा सिटिजन लाइफको ७ लाख ५० हजार सहयाेग
मेरो अनलाइन
काठमाडौं, बैशाख ४ गते बिहीबार । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ७ लाख ५० हजार सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व बहन गर्दै यस महामारीलाई नेपालमा फैलिन नदिन स्थानीय, प्रादेशिक र संघीय सरकारले निरन्तर रूपमा प्रयास गरिरहेको समयमा उपलब्ध गराइएको आर्थिक सहयोगले केही हदसम्म भए पनि मद्दत पुग्ने विश्वास कम्पनीले लिएको छ ।
साथै, कम्पनीको केन्द्रीय कार्यालयसँगको समन्वयमा कम्पनीका शाखा कार्यालयहरूले स्थानीय तहसँग सहकार्य गरेर कोरोनाजस्तो विश्वव्यापी महामारीबारे सचेतना तथा रोकथामका कार्यक्रम, राहत वितरणलगायतका कार्यहरू गरिएको पनि कम्पनीले जनाएको छ ।

Comments