भारतले पुर्वी नाका बन्द गर्यो, आयत निर्यात ठप्प
मेरो अनलाइन
काठमाडौं, बैशाख ४ गते बिहीबार । कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका मेची भन्सार बन्द गरेको छ ।
बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनिश्चित कालका लागि कारोबार रोक्न निर्देशन दिएसंगै नेपालको पूर्वी नाका मेची भन्सारबाट आयात निर्यात ठप्प भएको छ ।
पश्चिम बंगाल भन्सार विभागले अवस्था सामान्य नभएसम्म भारतबाट वस्तु निर्यात गर्न नसकिने बताएको छ । सो नाका भएर ग्यासका बुलेट, तरकारी, फलफूल जस्ता वस्तुको आयात हुनेगरेकोमा भारततर्फको नाका बन्द भएपछि भारत, भुटान र बंगलादेशबाट नेपालमा हुने आयात ठप्प भएको छ ।

Comments