Loading...
Logo
Image

नगद बाँड्न प्रधानमन्त्रीलाई दबाव

मेरो अनलाइन

टोकियो, बैशाख ४ गते बिहीबार । कोरोना भाईरसका कारण अर्थतन्त्रमा प्रभाव परेको भन्दै जापानका प्रधानमन्त्री शिन्जो आवेलाई उनको राजनितीक सहकर्मीहरुले प्रभावितहरुलाई नगद बाँड्न दबाव दिएका छन् । 
कोरोनाका कारण अर्थतन्त्र प्रभावित भएको भन्दै यसलाई स्थिर राख्न नगद बाँड्न सुझाव दिइएको हो ।
गत हप्तामात्र जापान सरकारले खस्कंदो अर्थतन्त्रलाई जोगाउन कोरोनाको प्रभावमा परेका घरपरिवार तथा व्यबसायको लागि राहत प्याकेज घोषणा गरेको थियो । जस अन्तर्गत कोरोना भाईरसका कारण कमजोर आर्थिक अवस्था भएका परिवारलाई ३ लाख येन दिने तयारी गरेपनि थप नगद बितरण गर्न माग गरिएको छ । 
सत्ता साझेदार पार्टीले समेत हरेक नागरिकलाई १ लाख जापानी येन दिन प्रस्ताव गरेको छ । 
जापान सरकारले अर्को महिना राहत प्याकेजका लागि बजेट पास गर्ने तयारी गरेको छ ।  

Comments