विश्वभर कोरोना संक्रमित २१ लाख ८२ हजार, अमेरिकामा मात्र ६ लाख ७७ हजार संक्रमित ३४ हजार बढीको मृत्यु
मेरो अनलाइन
काठमाडौं, बैशाख ५ गते शुक्रबार । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित मानिसको संख्या २१ लाख ८२ हजार ५८ पुगेको छ । कोरोना भाइरसबाट विश्वभर अहिलेसम्म १ लाख ४५ हजार ५ सय १६ जनाको मृत्यु भएको छ ।
भाइरसबाट अहिलेसम्म अमेरिकामा मात्र ३४ हजार ६ सय १७ जनाको मृत्यु भैसकेको छ भने त्यहाँ संक्रमितको संख्या ६ लाख ७७ हजार ५ सय ७० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र त्यहाँ २९ हजार नयाँ संक्रमित थपिँदा २ हजार १२३ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घण्टामा बेलायतमा ८६१, फ्रान्समा ७५३, इटालीमा ५२५, स्पेनमा ५०३, बेल्जियममा ७१७, जर्मनीमा २४८, ब्राजिलमा १९०, क्यानाडा, नेदरल्याण्ड्समा समान १८१ र स्वीडेनमा १३० जनाको मृत्यु भएको छ ।
भाइरसबाट धेरै मानिसको मृत्यु हुने मुलुकमा इटाली दोस्रो स्थानमा छ । इटालीमा २२ हजार १ सय ७० जनाको मृत्यु भएको छ । स्पेनमा मृत्यु हुनेको संख्या १९ हजार ३ सय १५ पुगेको छ भने फ्रान्समा १७ हजार ९ सय २० जनाको मृत्यु भएको छ । बेलायतमा १३ हजार ७ सय २९ जनाको मृत्यु भएको छ ।
स्पेनमा संक्रमितको संख्या १ लाख ८४ हजार भन्दा बढी छ भने इटालीमा यो संख्या १ लाख ६८ हजार नाघेको छ । त्यसैगरि फ्रान्समा संक्रमितको संख्या १ लाख ४५ हजार भन्दा माथि पुगिसकेको छ । जर्मनीमा यो संख्या १ लाख ३७ हजार भन्दा बढी छ ।
अहिलेसम्म विश्वभर संक्रमितहरु मध्ये ५ लाख ४७ हजार २ सय ९३ जना उपचारपछि घर फर्किसकेका छन् ।

Comments