- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख ५ गते शुक्रबार । एनआईसी एशिया बैंकले कोरोना भाइरसको विश्वव्यापी महामारी र यसको त्रासका कारण लकडाउनमा रहेको बेला आफ्ना ऋणीहरूलाई सहुलियत दिन विशेष योजना ल्याएको छ ।
बैंकले आफ्ना ऋणीहरूलाई सहुलियत प्रदान गर्न तथा यस असहज परिस्थितिबाट उद्धार गर्न ऋणीले बुझाउनुपर्ने ब्याज रकममा भारी छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको हो ।
बैंकले कर्जा सुविधा उपयोग गर्ने सम्पूर्ण ग्राहकले वैशाख मसान्तसम्ममा भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याजलगायत भुक्तानी गरेमा बुझाएको साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिमाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरिने योजना ल्याएको हो ।

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जामा लागू हुने बैंकले बताएको छ ।
बैंकका अनुसार उक्त छुट रकम २०७७ जेठ महिनाको पहिलो हप्ताभित्र सम्बन्धित ग्राहकको खातामा जम्मा गरिनेछ । तर, यसरी ब्याज छुट दिँदा छुटपश्चात् ग्राहकले तिर्नुपर्ने ब्याज आधार दरबाट गणना हुने ब्याजभन्दा कम हुने छैन ।

Comments