- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख ५ गते शुक्रबार । एनआईसी एशिया बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) विश्वव्यापी महामारीको संक्रमण नियन्त्रण र यसको रोकथाममा सहयोग पुर्याउने उद्देश्यले प्रदेश सरकारलाई सहयोग रकम प्रदान गरेको छ ।
बैंकले देशका सातै प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५/१५ लाखका दरले हुन आउने कुल १ करोड ५ लाख रुपैयाँ प्रदान गरेको हो ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व महसुस गर्दै मुलुकलाई परेको पीडामा सघाउ पुर्याउन उक्त सहयोग रकम सम्बन्धित प्रदेश सरकारका बैंक खातामा जम्मा गरिसकिएको जनाएको छ ।
बैंकका अनुसार उक्त सहयोग रकममा बैंकको तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट ५ लाख गरी १५ लाखका दरले सबै प्रदेश सरकारलाई सहयोग गरिएको हो ।
बैंकले उक्त रकम कोरोनाविरुद्ध लड्नका लागि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगस्वरुप प्रदान गरिएको जनाएको छ ।


Comments