Loading...
Logo
Image

प्रदेश सरकारलाई एनआईसी एशियाकाे १ कराेड ५ लाख सहयाेग

काठमाडौं, बैशाख ५ गते शुक्रबार । एनआईसी एशिया बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) विश्वव्यापी महामारीको संक्रमण नियन्त्रण र यसको रोकथाममा सहयोग पुर्‍याउने उद्देश्यले प्रदेश सरकारलाई सहयोग रकम प्रदान गरेको छ ।

बैंकले देशका सातै प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५/१५ लाखका दरले हुन आउने कुल १ करोड ५ लाख रुपैयाँ प्रदान गरेको हो ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व महसुस गर्दै मुलुकलाई परेको पीडामा सघाउ पुर्‍याउन उक्त सहयोग रकम सम्बन्धित प्रदेश सरकारका बैंक खातामा जम्मा गरिसकिएको जनाएको छ ।

बैंकका अनुसार उक्त सहयोग रकममा बैंकको तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट ५ लाख गरी १५ लाखका दरले सबै प्रदेश सरकारलाई सहयोग गरिएको हो ।

बैंकले उक्त रकम कोरोनाविरुद्ध लड्नका लागि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगस्वरुप प्रदान गरिएको जनाएको छ ।

Comments