Loading...
Logo
Image

वुहानमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा १२९० थपियो

काठमाडौं, बैशाख ५ गते शुक्रबार । कोरोना भाइरस (कोभिड-१९) को पहिलो पटक संक्रमण पत्ता लागेको ठाउँ चीनको वुहानमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा एक हजार दुई सय ९० जना थपिएको छ ।
चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार यसअघि गणनामा छुटेकाहरु १ हजार २९० जना भेटिएका हुन् । महामारीको समयमा अस्पतालमा पर्याप्त भर्नाको अभावको कारण उनीहरू गणनामा छुटेका थिए ।
वुहानले कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या सच्याएर तीन हजार आठ सय ६९ पुर्‍याएको छ । यस्तै कोरोना संक्रमित भएकाको संख्या ५० हजार तीन सय ३३ पुगेको छ ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार महामारीको समयमा पर्याप्त भर्ना तथा उपचारको क्षमताको अभावको कारण केही मेडिकल संस्थाले समयमा नै रोग नियन्त्रण तथा रोकथाम प्रणालीलाई जानकारी दिन सकेका थिएनन् । 
अहिले सार्वजनिक गरिएको नयाँ तथ्यांक वुहानको महामारी नियन्त्रण तथा रोकथामको तथ्यांकमा जोडिएको छ । साथै दोहोरिएकालाई हटाउने र छुटेकालाई थप्ने काम पनि भएको अधिकारीहरुले बताएका छन् । यसअघि अस्पतालमा भर्ना भएकाबाहेक बिरामीको मृत्युलाई समावेश नगरिएको र केही मेडिकल संस्थाहरुले संक्रमण पुष्टि तथा मृतकको तथ्यांक ढिलो बुझाएका थिए ।

Comments