- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख ५ गते शुक्रबार । कोरोना भाइरस (कोभिड-१९) को पहिलो पटक संक्रमण पत्ता लागेको ठाउँ चीनको वुहानमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा एक हजार दुई सय ९० जना थपिएको छ ।
चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार यसअघि गणनामा छुटेकाहरु १ हजार २९० जना भेटिएका हुन् । महामारीको समयमा अस्पतालमा पर्याप्त भर्नाको अभावको कारण उनीहरू गणनामा छुटेका थिए ।
वुहानले कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या सच्याएर तीन हजार आठ सय ६९ पुर्याएको छ । यस्तै कोरोना संक्रमित भएकाको संख्या ५० हजार तीन सय ३३ पुगेको छ ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार महामारीको समयमा पर्याप्त भर्ना तथा उपचारको क्षमताको अभावको कारण केही मेडिकल संस्थाले समयमा नै रोग नियन्त्रण तथा रोकथाम प्रणालीलाई जानकारी दिन सकेका थिएनन् ।
अहिले सार्वजनिक गरिएको नयाँ तथ्यांक वुहानको महामारी नियन्त्रण तथा रोकथामको तथ्यांकमा जोडिएको छ । साथै दोहोरिएकालाई हटाउने र छुटेकालाई थप्ने काम पनि भएको अधिकारीहरुले बताएका छन् । यसअघि अस्पतालमा भर्ना भएकाबाहेक बिरामीको मृत्युलाई समावेश नगरिएको र केही मेडिकल संस्थाहरुले संक्रमण पुष्टि तथा मृतकको तथ्यांक ढिलो बुझाएका थिए ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments