Loading...
Logo
Image

प्रधानमन्त्रीको निर्देशन कसैलाई भोको नराख्नू

मेरो अनलाइन

काठमाडौं, बैशाख ५ गते शुक्रबार । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका कारण जनाताले भोकै बस्नुपर्ने अवस्थाको अन्त्य गर्न निर्देशन दिनुभएको छ ।  
कोरोनाका कारण लकडाउन लम्बिएपछि हिँडेरै गाउँ जाने क्रम बढेको भन्दै उहाँले यसलाई रोक्नसमेत मातहत निकायलाई निर्देशन दिनुभएको हो । 
'हिंँडेर घर जानेलाई रोकेर जो जहाँ छन्, त्यहीँ खाद्यान्नलगायतको प्रवन्ध गर्नु' कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समितिसँगको छलफलपछि प्रधानमन्त्रीले यस्तो निर्देशन दिनुभएको हो । 
उहाँले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न पनि निर्देशन दिनुभयो ।  

Comments