विश्वभर कोरोना संक्रमित २२ लाख ५० हजार, मृत्यु हुनेको संख्या १ लाख ५४ हजार नाघ्यो
अमेरिकामा मात्र ७ लाख १० हजार संक्रमित ३७ हजार बढीको मृत्यु
मेरो अनलाइन
काठमाडौं, बैशाख ६ गते शनिबार । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित मानिसको संख्या २२ लाख ५० हजार ४ सय ३२ पुगेको छ । कोरोना भाइरसबाट विश्वभर अहिलेसम्म १ लाख ५४ हजार २ सय ४७ जनाको मृत्यु भएको छ ।
वर्ल्डोमीटरका अनुसार भाइरसबाट अहिलेसम्म अमेरिकामा मात्र ३७ हजार १ सय ५८ जनाको मृत्यु भैसकेको छ भने त्यहाँ संक्रमितको संख्या ७ लाख १० हजार २१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ २ हजार ५ सय १६ जनाको मृत्यु भएको छ । हालसम्म त्यहाँ ६० हजार संक्रमित निको हुँदा ६ लाख १२ हजारको उपचार जारी छ । अमेरिकामा ३५ लाख ७२ हजार बढीमा कोरोना परीक्षण गरिसकिएको छ ।
भाइरसबाट धेरै मानिसको मृत्यु हुने मुलुकमा इटाली दोस्रो स्थानमा छ । इटालीमा २२ हजार ७ सय ४५ जनाको मृत्यु भएको छ । स्पेनमा मृत्यु हुनेको संख्या २० हजार नाघेको छ भने फ्रान्समा १८ हजार ६ सय ८१ जनाको मृत्यु भएको छ । बेलायतमा १४ हजार ५ सय ७६ जनाको मृत्यु भएको छ ।
स्पेनमा संक्रमितको संख्या १ लाख ९० हजार भन्दा बढी छ भने इटालीमा यो संख्या १ लाख ७२ हजार नाघेको छ । त्यसैगरि फ्रान्समा संक्रमितको संख्या १ लाख ४७ हजार भन्दा माथि पुगिसकेको छ । जर्मनीमा यो संख्या १ लाख ४१ हजार भन्दा बढी छ । बेलायतमा संक्रमितको संख्या १ लाख ८ हजार भन्दा माथि पुगिसकेको छ ।
अहिलेसम्म विश्वभर संक्रमितहरु मध्ये ५ लाख ७२ हजार १ सय ५ जना उपचारपछि घर फर्किसकेका छन् ।

Comments