- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मेरो अनलाइन

काठमाडौं, बैशाख ६ गते शनिबार । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) पछिल्लो समय अमेरिकामा अनियन्त्रित बन्दै गएको छ ।
संक्रमण फैलिन नदिन लकडाउन नै उपयुक्त बिकल्प भएको स्वास्थ्य क्षेत्रका बिज्ञहरुले बताउँदै आएका बेला अमेरिकाका बिभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु बन्दुक बोकेर लकडाउनविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।
डेमोक्रेट पार्टीको शासन रहेका राज्यहरुमा ट्रम्प पक्षधरले प्रदर्शन गरेका हुन । यो प्रदर्शनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले नै समर्थन गरेपछि झनै प्रदर्शनका घटना बढेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाका मिशिगन, ओहियो, उत्तरी क्यारोलिना, मिनेसोटा, भर्जिनिया, केन्टकी, ओहायो, उटा लगायतका स्थानमा विरोध प्रदर्शन भएको बीबीसीले जनाएको छ ।
प्रदर्शनकारीले लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएको र यसले नागरिकहरुलाई झनै समस्यामा पारेको बताएका छन्। तर स्वास्थ्य अधिकारीहरुले लकडाउन खुकुलो पारेमा वा हटाएमा थप संक्रमण फैलिनसक्ने चेतावनी दिएका छन् ।
तर ट्रम्पले प्रदर्शन भएका रिपब्लिकन पार्टीको शासन रहेको ओहायो र उटाको नाम ट्वीटरमा उल्लेख नगरेकाले यस प्रदर्शनलाई उनले राजनीतिक रंग दिन खोजेको टिप्पणी गरिएको छ ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments