Loading...
Logo
Image

प्रहरी पेट्रोल पम्पमा ८ हजार लिटर पेट्रोलमा ५ सय लिटर पानी

 मेरो अनलाइन 

काठमाडौं, बैशाख ७ गते आईतबार । नेपाल प्रहरीको सामाखुसीमा रहेको महालक्ष्मी आयल स्टोरबाट बिक्री गरिएको पेट्रोलमा पानी मिसिएको भेटिएको छ । पम्पबाट  बिक्री गरिएको पेट्रोलमा पानी मिसिएको भेटिएको नेपाल आयल निगमले जनाएको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले नेपाल प्रहरीको सामाखुसीस्थित पेट्रोल पम्पबाट बिक्री गरिएको पेट्रोलमा पानी मिसिएकोबारे सत्यतथ्य पता लगाउन छानबिन सुरु भइसकेको बताए । 
प्रवक्ता उपाध्यायले निगमको प्राविधिक सहितको टोलीले ४८ हजार लिटर क्षमता रहेको उक्त पेट्रोल पम्पकै अनुसन्धान र छानबिन सुरु गरेको बताए । उनले एउटै डिपो र ट्याङ्करबाट विभिन्न पम्पमा पेट्रोल वितरण गरिए पनि अन्य ठाउँमा पानी मिसिएको नभेट्नु तर प्रहरीद्वारा सञ्चालित पम्पमा पानी मिसिएको भेटिनु गम्भीर विषय रहेको बताए ।

यता थानकोट डिपोले थानकोटबाट शुक्रबार पेट्रोल बोकेर आएको  ना४ ख ३१५६ नम्बरका ट्याङकर चालक सागर कार्कीले पेट्रोलमा पानी मिसावट गरेको भेटिएको जनाएको छ । ट्याङकर चालकले ८ हजार लिटर पेट्रोलमा ५ सय लिटर पानी मिसावट गरेको पाइएको हो ।प्रहरीले उक्त पेट्रोल शनिबार बिहान परीक्षण गर्दा पानी मिसावट गरेको देखियो,’ थानकोट डिपो प्रमुख प्रदिप यादवले भने, ‘प्रहरीले खबर गरेपछि पम्पमा पुग्यौ। पेट्रोल परीक्षण गर्दा ८ हजार लिटर पेट्रोलमा करिब ५ सय लिटर पानी मिसावट गरेको देखियो।’

शनिबार बिहान पेट्रोल बिक्रीका क्रममा एक ग्राहकले खरिद गरेको पेट्रोलमा पानी मिसिएको भेटिएको थियो । 


नेपाल आयल निगम र नेपाल प्रहरीका प्राविधिकबाट पानी मिसिएको घटनाबारे छानबिन गरिरहेको सो पम्पमा अहिले बिक्री वितरण बन्द गरिएको बताइएको छ । 

Comments