Loading...
Logo
Image

विश्वभर कोरोना संक्रमित २३ लाख ३० हजार, मृत्‍यु हुनेको संख्या १ लाख ६० हजार नाघ्यो, अमेरिकामा मृत्‍यु हुनेको संख्या ३९ हजार

 मेरो अनलाइन 

काठमाडौं, बैशाख ७ गते आईतबार । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित मानिसको संख्या २३ लाख ३० हजार ९ सय ३७ पुगेको छ । कोरोना भाइरसबाट विश्वभर अहिलेसम्म १ लाख ६० हजार ७ सय ५५ जनाको मृत्‍यु भएको छ । 
वर्ल्डोमीटरका अनुसार भाइरसबाट अहिलेसम्म अमेरिकामा मात्र ३९ हजार १४ जनाको मृत्‍यु भैसकेको छ भने त्यहाँ संक्रमितको संख्या ७ लाख ३८ हजार ८ सय ३० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ १ हजार ८ सय ६७ जनाको मृत्यु भएको छ । हालसम्म त्यहाँ ६८ हजार २ सय ८५  संक्रमित उपचारपछि घर फर्किसकेका छन् । 


भाइरसबाट धेरै मानिसको मृत्यु हुने मुलुकमा इटाली दोस्रो स्थानमा छ । इटालीमा २३ हजार २ सय २७ जनाको मृत्यु भएको छ । स्पेनमा मृत्यु हुनेको संख्या २० हजार नाघेको छ भने फ्रान्समा १९ हजार ३ सय २३ जनाको मृत्यु भएको छ । बेलायतमा १५ हजार ४ सय ६४ जनाको मृत्‍यु भएको छ । 
स्पेनमा संक्रमितको संख्या १ लाख ९४ हजार भन्दा बढी छ भने इटालीमा यो संख्या १ लाख ७५ हजार नाघेको छ । त्यसैगरि फ्रान्समा संक्रमितको संख्या १ लाख ५१ हजार भन्दा माथि पुगिसकेको छ । जर्मनीमा यो संख्या १ लाख ४३ हजार भन्दा बढी छ । बेलायतमा संक्रमितको संख्या १ लाख १४ हजार भन्दा माथि पुगिसकेको छ ।   
अहिलेसम्म विश्वभर संक्रमितहरु मध्ये ५ लाख ९६ हजार ५ सय ३७ जना उपचारपछि घर फर्किसकेका छन् ।

Comments