- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मेरो अनलाइन
काठमाडौं, बैशाख ७ गते आईतबार । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित मानिसको संख्या २३ लाख ३० हजार ९ सय ३७ पुगेको छ । कोरोना भाइरसबाट विश्वभर अहिलेसम्म १ लाख ६० हजार ७ सय ५५ जनाको मृत्यु भएको छ ।
वर्ल्डोमीटरका अनुसार भाइरसबाट अहिलेसम्म अमेरिकामा मात्र ३९ हजार १४ जनाको मृत्यु भैसकेको छ भने त्यहाँ संक्रमितको संख्या ७ लाख ३८ हजार ८ सय ३० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ १ हजार ८ सय ६७ जनाको मृत्यु भएको छ । हालसम्म त्यहाँ ६८ हजार २ सय ८५ संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

भाइरसबाट धेरै मानिसको मृत्यु हुने मुलुकमा इटाली दोस्रो स्थानमा छ । इटालीमा २३ हजार २ सय २७ जनाको मृत्यु भएको छ । स्पेनमा मृत्यु हुनेको संख्या २० हजार नाघेको छ भने फ्रान्समा १९ हजार ३ सय २३ जनाको मृत्यु भएको छ । बेलायतमा १५ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ ।
स्पेनमा संक्रमितको संख्या १ लाख ९४ हजार भन्दा बढी छ भने इटालीमा यो संख्या १ लाख ७५ हजार नाघेको छ । त्यसैगरि फ्रान्समा संक्रमितको संख्या १ लाख ५१ हजार भन्दा माथि पुगिसकेको छ । जर्मनीमा यो संख्या १ लाख ४३ हजार भन्दा बढी छ । बेलायतमा संक्रमितको संख्या १ लाख १४ हजार भन्दा माथि पुगिसकेको छ ।
अहिलेसम्म विश्वभर संक्रमितहरु मध्ये ५ लाख ९६ हजार ५ सय ३७ जना उपचारपछि घर फर्किसकेका छन् ।

Comments