Loading...
Logo
Image

विश्वभर कोरोना संक्रमितको संख्या २४ लाख नाघ्यो, मृत्‍यु हुनेको संख्या १ लाख ६५ हजार, अमेरिकामा मात्र ४० हजार बढीको मृत्‍यु

मेरो अनलाइन 
काठमाडौं, बैशाख ८ गते सोमबार । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित मानिसको संख्या २४ लाख ७ हजार २ सय ११ पुगेको छ । कोरोना भाइरसबाट विश्वभर अहिलेसम्म १ लाख ६५ हजार ४६ जनाको मृत्‍यु भएको छ । 
वर्ल्डोमीटरका अनुसार भाइरसबाट अहिलेसम्म अमेरिकामा मात्र ४० हजार ५ सय ४८ जनाको मृत्‍यु भैसकेको छ भने त्यहाँ संक्रमितको संख्या  ७ लाख ६४ हजार ३ सय ३ पुगेको छ । हालसम्म त्यहाँ ७१ हजार ३ जना उपचारपछी घर फर्किएका छन् । 
भाइरसबाट धेरै मानिसको मृत्यु हुने मुलुकमा इटाली दोस्रो स्थानमा छ । इटालीमा २३ हजार ६ सय ६० जनाको मृत्यु भएको छ । स्पेनमा मृत्यु हुनेको संख्या २० हजार नाघेको छ भने फ्रान्समा १९ हजार ७ सय १८ जनाको मृत्यु भएको छ । बेलायतमा १६ हजार ६० जनाको मृत्‍यु भएको छ ।
 
स्पेनमा संक्रमितको संख्या १ लाख ९८ हजार भन्दा बढी छ भने इटालीमा यो संख्या १ लाख ७८ हजार नाघेको छ । त्यसैगरि फ्रान्समा संक्रमितको संख्या १ लाख ५२ हजार भन्दा माथि पुगिसकेको छ । जर्मनीमा यो संख्या १ लाख ४५ हजार भन्दा बढी छ । बेलायतमा संक्रमितको संख्या १ लाख २० हजार भन्दा माथि पुगिसकेको छ ।   
अहिलेसम्म विश्वभर संक्रमितहरु मध्ये ६ लाख २४ हजार ९ सय ३९ जना उपचारपछि घर फर्किसकेका छन् ।

Comments