Loading...
Logo
Image

पार्टी फुटाउन सहज हुने भएपछी पूर्वमाओवादी मन्त्रीहरु प्रचण्ड निवासमा, प्रधानमन्त्रीले बोलाए नेकपाको आकस्मिक बैठक


मेरो अनलाइन
काठमाडौं, बैशाख ८ गते सोमबार । सरकारले पार्टी फुटाउनको लागि सहज हुने गरी अध्यादेश ल्याउने निर्णय
 गर्ने बित्तिकै पूर्वमाओवादी मन्त्रीहरु पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् भने आजै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक बोलाएका छन्।
बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा दलसम्बन्धी कानून संशोधनका लागि अध्यादेश ल्याइएको थियो । 
केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य भए पार्टी फुटाउन सक्ने गरी अघि सारिएको अध्यादेश सोमबार मन्त्रिपरिषद् बैठकले पारित  गरेको बताइएको छ । 
 कोरोना रोकथाम तथा नियन्त्रणका सम्बन्धमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्र समितिको प्रस्ताव गरेसङै तत्कालीन एमाले र तत्कालीन माओवादीबीच टकराव बढ्दै गएको छ । 

अध्यादेश आएसंगै नेकपा भित्रको  टकरावलाई जोडेर नेकपा बिभाजित हुन लागेको हो कि भन्ने चर्चा चलिरहदा पार्टिका नेताहरुले भने तरङित हुनु आवश्यक नभएको बाताएका छन्।

Comments