Loading...
Logo
Image

मोबाईलमा ब्यालेन्स नभएपनी ५० मिनेट कुरा गर्न पाइने

काठमाडौं, बैशाख ८ गते सोमबार । लकडाउनको कारण आफन्तसँग कुराकानी गर्न नपाएका ग्राहलाई केन्द्रित गरेर नेपाल टेलिकमका ग्राहकले शून्य ब्यालेन्समा पनि करिब ५० मिने कुरा गर्न पाउने योजना ल्याएको नेपाल टेलिकमले जनाएको छ । 
तत्कालको लागि २ लाखभन्दा बढी प्रयोगकर्तालाई सेवा दिने गरेर नेपाल टेलिकमले यस्तो योजना ल्याएको हो । यसअन्तर्गतका २५ वटा एसएमएस, १०० एमबी डाटा पनि प्रयोग गर्न पाइने जनाइएको छ । ७ दिनसम्म प्रयोग गर्न सकिने यस्तो डाटा आगामी २ दिनमा भित्र उपलब्ध गराइने टेलिकमले जनाएको छ । 

यो प्याकेजको प्राप्त गर्ने ग्राहकलाई एसएमएसमार्फत जानकारी पठाइने, एसएमएसको निर्धारित जवाफ एसएमएसमार्फत पठाएर प्याकेज लिन सकिने, प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाई जानकारी गराइने व्यवस्था गरिएको जनाइएको छ ।

स्रोत: Shilapatra.com

Comments