# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख ८ गते सोमबार । लकडाउनको कारण आफन्तसँग कुराकानी गर्न नपाएका ग्राहलाई केन्द्रित गरेर नेपाल टेलिकमका ग्राहकले शून्य ब्यालेन्समा पनि करिब ५० मिने कुरा गर्न पाउने योजना ल्याएको नेपाल टेलिकमले जनाएको छ ।
तत्कालको लागि २ लाखभन्दा बढी प्रयोगकर्तालाई सेवा दिने गरेर नेपाल टेलिकमले यस्तो योजना ल्याएको हो । यसअन्तर्गतका २५ वटा एसएमएस, १०० एमबी डाटा पनि प्रयोग गर्न पाइने जनाइएको छ । ७ दिनसम्म प्रयोग गर्न सकिने यस्तो डाटा आगामी २ दिनमा भित्र उपलब्ध गराइने टेलिकमले जनाएको छ ।
यो प्याकेजको प्राप्त गर्ने ग्राहकलाई एसएमएसमार्फत जानकारी पठाइने, एसएमएसको निर्धारित जवाफ एसएमएसमार्फत पठाएर प्याकेज लिन सकिने, प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाई जानकारी गराइने व्यवस्था गरिएको जनाइएको छ ।
स्रोत: Shilapatra.com

Comments