Loading...
Logo
Image

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

मेरो अनलाइन
काठमाडौं, बैशाख ८ गते सोमबार । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा अध्यादेश जारी गरेकी छन्। आजै मन्त्रिपरिषद्ले पारित गरेका दुई अध्यादेश राष्ट्रपतिले जारी गरेकी हुन्। मन्त्रिपरिषद्को सिफारिसमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई प्रमाणीकरण गरेकी हुन्।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले
जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेशहरु जारी गरेको जनाइएको छ। 


 

Comments