Loading...
Logo
Image

राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतलनिवासमा

मेरो अनलाइन
काठमाडौं, बैशाख ८ गते सोमबार । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको केन्द्रीय सचिवालय बैठक लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितल निवास पुगेका छन्।
मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐन र संवैधानिक परिषद्सम्बन्धी ऐनलाई अध्यादेशमार्फत् संसोधन गर्ने निर्णय गरेलगत्तै सचिवालय बैठक बसेको थियो । बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनुको औचित्यबारे प्रकाश पारेको र अन्य विषयमा छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितल निवास गएका हुन्। ।  

Comments