- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मेरो अनलाइन
काठमाडौं, बैशाख ९ गते मंगलबार । सोमबार अमेरिकी कच्चा तेलको मूल्य इतिहासमै पहिलोपटक शून्यभन्दा पनि तल झरेर ऋणात्मक भएको छ ।
कच्चा तेलको माग घट्नुका साथै भण्डारणमा कमीका कारण तेलको मूल्यमा ऐतिहासिक गिरावट आएको हो । यो गिरावटको अर्थ हो, तेल उत्पादक देश अब खरिदकर्तालाई पैसा दिएर तेल किन्न अनुरोध गरिरहेका छन् । उनीहरुलाई अब तेल बिकेन भने भण्डारणको समस्या हुने डर पैदा भएको छ ।
तेलको माग घट्नुको एउटा प्रमुख कारण लकडाउनका कारण विश्वभर तेलको प्रायोग नहुनु हो । अहिले संसारभरका मानिसहरु घरभित्रै रहेका कारण तेलको मागमा कमी आएको छ।
भण्डारणको समस्याका कारण केही तेल उत्पादकहरुले ट्यांकरहरु भाडामा लिएर तेल भण्डारण गरिरहेका छन् । जसको असर अमेरिकाको तेलको मूल्यमा पर्न गएर मूल्य ऋणात्मक घेरामा गएको हो ।
अहिले खपत हुनेभन्दा बढी कच्चा तेल छ । आर्थिक गतिविधि घटेका कारण विश्वभर तेलको मागमा कमी आएको छ।
उत्पादक देशलाई अहिले राख्ने ठाउँको अभाव समस्याको रुपमा आएको छ । कोरोना महामारीको संकट समाप्त भएपछि विश्वभर तेलको माग बिस्तारै बढ्दै जाने छ अर्थात् अवस्था सामान्य हुन समय लाग्ने छ । किनभने यी सबै स्वास्थ्य संकट समाधान गर्ने कुरामा भर पर्दछ ।
अमेरिकामा तेलको मूल्य निर्धारण गर्ने वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटिआई) मा तेलको मूल्य माइनस ३७.६३ अमेरिकी डलर प्रति ब्यारेल पुगेको छ । तेलको बजारमा आएको यो गिरावटको असर विश्वभरीको बजारमा परेको छ ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निर्धारण गर्ने ब्रेन्टमा कच्चा तेलको मूल्यमा ८.९ प्रतिशतले गिरावट आएर तेलको मूल्य प्रतिब्यारेल २६ डलर भएको छ ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments