Loading...
Logo
Image

उदयपुरका थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो

मेरो अनलाइन 
काठमाडौं, बैशाख ९ गते मंगलबार । उदयपुरका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ पुगेको छ । मंगलबार थप एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । 
मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए। उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा पोजिटिभ देखिएको हो।

सोमबार उदयपुरको भुल्के क्षेत्रबाट २५१ जनाको थ्रोट स्वाब लिएर नेपाली सेनाको चिकित्सक टोली काठमाडौं आएको थियो। उदयपुरको भुल्केस्थित मस्जिद वरपरबाट लिइएको ६९ जनाको नमुनाको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ८ जनामा पोजिटिभ भएको शंका लागेपछि थप यकिन गर्न उनीहरुलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

Comments