Loading...
Logo
Image

थप ८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४० पुग्यो

मेरो अनलाइन 
काठमाडौं, बैशाख ९ गते मंगलबार । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपाली कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरुलाई विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो ।

उदयपुरको भुल्के मस्जिद क्षेत्र वरपरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएकोछ ।
कोभिड १९ का बिरामी भेटिएपछि सिल गरिएको भुल्केबस्ती र आसपासको क्षेत्रमा दुई दिनअघिबाट नेपाली सेनाको चिकित्सक टोलीले थ्रोट स्वाब नमूना संकलन गरिरहेको छ।

छाउनीस्थित् सैनिक अस्पतालको चारजनाको प्राविधिक टोली वैशाख ७ गते त्यहाँ उपकरणसहित हेलिकप्टरमा पुगेको थियो। टोलीले १८ नम्बर बाहिनीको खेल मैदानमा भेला गरी स्थानीयवासीको कोभिड-१९ परीक्षणका लागि नमूना संकलन गरेको हो। १३ जनामा कोभिड-१९ पुष्टि भएको भुल्के बस्तीमा कूल ३२० जनाको नमूना संकलन गरिसकिएको छ।
 
उदयपुरका अर्का एक युवकमा पनि मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको छ । योसमेत मंगलबार मात्रै उदयपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । 

Comments