Loading...
Logo
Image

उदयपुरमा मात्रै २३ जना संक्रमित, कोरोना संक्रमितको संख्या ४१ पुग्यो

मेरो अनलाइन 
काठमाडौं, बैशाख ९ गते मंगलबार । उदयपुर जिल्ला मात्रै कोरोना भाइरस संक्रमितको संख्या बढेर २३ पुगेको छ । उदयपुरमा मंगलवार थप १० जनामा संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
यसअघि गत शुक्रबार त्रियुगास्थित मस्जिदमा ११ भारतीय र १ नेपालीमा संक्रमण पुष्टि भएको थियो । उनीहरूसँगै बस्दै आएका विराटनगरका ६५ वर्षीय व्यक्तिमा गत शनिबार कोरोना पुष्टि भएको थियो । 

Comments