Loading...
Logo
Image

देशी–विदेशी शक्ति नेकपालाई कमजोर बनाउने षडयन्त्रमा लागिपरेका छन्: प्रचण्ड

मेरो अनलाइन

मेरो अनलाइन 

काठमाडौं, बैशाख १० गते बुधबार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले देशी विदेशी शक्ति नेकपालाई कमजोर बनाउने षडयन्त्रमा लागिरहेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७१ औं स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले ऐतिहासिक पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको उल्लेख गर्दै प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको बताएका छन् ।
 
उनले छलफल र बहसबाटै पार्टी एकतालाई थप सृदृढ बनाउन सकिने र त्यसका लागि पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधि अपनाउनु पर्ने बताएका छन्। ‘यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि पनि सम्पूर्ण नेता-कार्यकर्तालाई अपिल गर्छु,’ दाहालको विज्ञप्तिमा उल्लेख छ।

‘कठोर संघर्षकै बलमा संघीय गणतन्त्रात्मक शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादउन्मूख संविधान, सामाजिक न्यायलगायत महत्वपूर्ण उपलब्धी हासिल भएका छन्,’ दाहालले भनेका छन्, ‘प्राप्त उपलब्धीलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको पार्टी एकताले हामीलाई लक्ष्यप्रति समर्पित हुन थप प्रेरणा र उर्जा दिएको छ।’

Comments