- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मेरो अनलाइन
काठमाडौं, बैशाख १० गते बुधबार । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टिको आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७१ वर्ष पुगेको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले लेनिन जयन्ति तथा पार्टी स्थापना दिवसले दुई वर्षदेखि जारी पार्टी एकता प्रक्रिया अन्तिम निष्कर्षमा पुऱ्याउन प्रेरणा दिने बताएका हुन्।
दिवसले पार्टीको एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउन प्रेरणा दिने विश्वास व्यक्त गर्दै उनले बितेका यी वर्षमा नेकपाले निरन्तर रुपमा जनतालाई जागृत र सङ्गठित गर्दै आएको तथा अनेकन् आरोहअवरोह र हण्डर–ठक्करको सामना गर्दै सङ्घर्षको नेतृत्व गरिरहेको उल्लेख गरेका छन्।
नेकपाले पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि विराम लगाउदै एकता, पुनर्गठन र सुदृढ एकताको ‘महान अभियान’लाई अघि बढाएको उल्लेख गर्दै कम्युनिस्ट पार्टीले लोकप्रिय मतमार्फत दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन सञ्चालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि भएको पनि प्रधानमन्त्री ओलीले बताएका छन्।
नेपालमा २००६ साल वैशाख १० गते पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो भने वर्तमान सत्ताारुढ नेकपाको गत २०७५ जेठ ३ गते एकता भएको थियो ।

Comments