- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मेरो अनलाइन
काठमाडौं, बैशाख १० गते बुधबार । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डब्लुएचओका महानिर्देशक टेड्रोड एडहानोम गेहब्रेयससले कोरोना भाइरस महामारीको अझै खराब अवस्था आउन बाँकी नै रहेको चेतावनी दिएका छन् ।
जेनेभामा पत्रकार सम्मेलनका क्रममा उनले केही देशले अब प्रतिबन्ध लगाउन सुरु गरेको जानकारी दिए ।
युरोपेली राष्ट्र र अमेरिकाले प्रतिबन्ध अझै लम्ब्याउने तयारी गरिरहेका छन् । तर डब्लुएचओले संसारका सबै देशलाई सावधानी अपनाउन आग्रह गरको छ ।
डब्लुएचओले यसअघि नै अफ्रिका अबको कोरोना संक्रमणको केन्द्र बन्न सक्ने र लाखौंको मृत्यु हुनसक्ने चेतावनी दिएको थियो ।
महानिर्देशक टेड्रोसले कोरोना संक्रमणको तुलना १९१८ को स्पेनिस फ्लुसँग गर्दै अवस्था निकै खराब हुने चेतावनी दिएका हुन् ।
सो फ्लुमा लाखौं मान्छेको मृत्यु भएको थियो । यद्यपि उनले देशहरु औंद्योगिक चरणमा रहेका र संकटबाट बच्न सक्ने भन्दै डराउने आवश्यकता नरहेको बताएका छन् ।
उनले भने, ‘विश्वास गर्नुहोस् कि सबैभन्दा खराब क्षण अझै आउनेवाला छ । यसकारण संकट रोक्नका लागि सबैले ध्यान दिऔं ।’
डब्लुएचओका महानिर्देशक टेड्रोसले डब्लुएचओले सुरुवातदेखि नै कोरोना भाइरसको खतराविरुद्ध सबै मिलेर लड्नुपर्ने बताएको स्मरण गराएका छन् ।
उनले कोरोना भाइरसको विषयमा सुरु देखि नै अमेरिकालाई केही पनि नलुकाएको बताएका छन् ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments