- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख १० गते बुधबार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा ग्रिनकार्ड दिने काम दुई महिनासम्म बन्द गर्ने घोषणा गरेका छन् ।
नियमित प्रेस ब्रिफिङमा ट्रम्पले भनेका छन्, ‘यो आदेश अमेरिकामा स्थायी रुपमा बस्न चाहनेहरुमाथि लागु हुन्छ र अस्थायी रुपमा काम गर्न अमेरिका आउनेहरुका लागि लागु हुँदैन । ट्रम्पले अमेरिकामा स्थायी बसोबास गर्ने नयाँ आप्रवासीहरुमाथि ६० दिनपछि प्रतिबन्ध लगाउने कि नलगाउने भन्ने कुरा अमेरिकी अर्थ व्यवस्थामा निर्भर गर्ने बताउदै भनेका छन्, ‘यदि आवश्यक परेमा यसलाई बढाउन पनि सकिन्छ ।’
अमेरिकीहरुको रोजगारी रक्षा गर्नुपर्ने पहिलो प्राथमिकता भएकाले आप्रवासीहरुलाई रोक लगाउन आवश्यक रहेको ट्रम्पको बताउदै उनले भने ‘अमेरिकामा विदेशीहरुलाई बस्न रोक लगाउनका लागि कार्यकारी आदेश जारी हुँदैछ । भोलिसम्ममा तयार भएर हस्ताक्षरका लागि आउने छ । यो आदेश कठोर हुने छ ।’
आप्रवासी किसानहरुको बारेमा सोधिएको एक प्रश्नमा ट्रम्पले यस आदेशले किसानहरुलाई असर नगर्ने बताए ।
पहिलो अमेरिकी जनतालाई प्राथमिकता दिनुपर्ने बताउदै ट्रम्पले भने, ‘कोरोना भाइरस संक्रमणको प्रभावका कारण अहिलेसम्म लाखौं अमेरिकीको रोजगारी गुमेको छ । त्यसैले ती अमेरिकीहरुको रोजगार सुनिश्चित गर्ने सरकारको नैतिक कर्तव्य हो ।’
अमेरिकीले जागिर गुमाउने र त्यो स्थानमा आप्रवासीलाई जागिर दिने कुरा गलत र अन्यायपूर्ण हुने हुनाले अमेरिकी जनतालाई बचाउन र उनीहरुप्रति रक्षात्मक बन्दै जाने ट्रम्पले बताए ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments