Loading...
Logo
Image

नेकपाका दुई अध्यक्ष बालुटारमा संगै

काठमाडौं, बैशाख १० गते बुधबार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेका छन्।
केही समयदेखी दुई अध्यक्ष बिच तिक्तता बढीरहेको बेला सरकारले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश ल्याएसंगै पार्टी फुट्ने हल्ला चलिरहदा दुई अध्यक्ष बिचको भेटमा समसामयिक बिषयमा छलफल हुने बताइएको छ ।   

सरकारले हालै जारी गरेका दुईवटा अध्यादेशबारे पार्टीका विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सदस्यलाई  दुई अध्यक्षले जानकारी गराउने उद्धेश्यले संयुक्त ब्रिफिङ आयोजना गरिएको बताइएको छ । 

सबै सांसदलाई एकैपटक राखेर बैठक गर्दा धेरै ठूलो भिड हुने भएकाले अलग अलग प्रदेशबाट बोलाइएको हो । छलफलमा प्रधामनन्त्री ओली, अध्यक्ष प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत नेताहरु सहभागी छन् ।

Comments