Loading...
Logo
Image

चिनले कोरोना फैलाएको अमेरिकाको आरोप,चिन बिरुद्ध उजुरी गर्ने तयारी

काठमाडौं, बैशाख १० गते बुधबार । अमेरिकाको मिजुरी राज्यले नियतवश कोरोना भाइरस फैलाएको भन्दै चीन सरकार र सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीविरुद्ध उजुरी हाल्ने तयारी गरेको छ ।

‘चिनियाँ सरकाले विश्वलाई कोभिड–१९ को जोखिम र संक्रामक र गतिका बारेमा ढाँट्यो, सूचना दिन खोज्नेहरूलाई चुप लगायो र रोग रोक्न यथेष्ट काम गरेन,’ मिजुरीका महान्यायधिवक्ता एरिक स्च्मिटले भने, ‘त्यो कार्यका लागि उनीहरूलाई उत्तरदायी बनाउन पर्छ ।’

सो मुद्दामा मानिसहरुको मृत्यु, उनीहरूको दुःख र राज्यमा भएको आर्थिक विपद्का लागि क्षतिपूर्ति माग गरिएको छ । चीनले विपद्लाई गलत तरिकाले व्यवस्थापन गरेको आरोप अस्वीकार गर्दै आएको छ।

मिजुरीका अधिकारीहरूले सो मुद्दालाई ऐतिहासिक भने पनि अमेरिकी अदालतमा मुद्दा दायर गर्न ठूलो कानुनी अड्चन हुने बताएका छन् ।


अमेरिकी अदालतहरूमा विदेशी सरकारलाई प्रतिपक्षी बनाएर मुद्दा हाल्ने प्रावधान छैन । त्यसैले यसबाट चीनले डराउनुपर्ने अवस्था नरहेको बताइएको छ ।

अमेरिकाले चीनविरुद्ध मुद्दा हाल्ने हो भने अन्तर्राष्ट्रिय मञ्चहरूमा जानुपर्छ जहाँ चीनले पनि जवाफ दिने मौका पाउँछ ।

अमेरिकाले कोरोनाभाइरस महामारीका लागि चीनलाई दोष दिने क्रम बढिरहेको बेला यो मुद्दा दर्ता गराउने तयारी गरिएको हो । राष्ट्रपति डोनल्ड ट्रम्पले सुरुमा चीनले कोरोनाभाइरस नियन्त्रण गर्न चालेको कदमको प्रशंसा गरेका थिए ।

तर अमेरिकामा संक्रमण र र मृत्यु हुने क्रम तीव्र भएपछि उनले चीनतर्फ औँला उठाउन थालेका थिए । यो वर्षको अन्त्यमा राष्ट्रपतीय निर्वाचन भएको अवस्थामा मिजुरीको मुद्दा र अन्य अमेरिकी कम्पनीहरूको मुद्दाहरू ट्रम्पको रिपब्लिकन पार्टीका लागि राजनीतिक अस्त्र हुन सक्ने विज्ञहरूको भनाई छ ।
 

स्रोत: Shilapatra.com

Comments