Loading...
Logo
Image

जापानको रेस्टुरेन्टमा कार्यरत अर्का एक नेपालीमा कोरोना संक्रमण पुष्टि, जापानमा संक्रमित नेपालीको संख्या ३ पुग्यो ।

 मेरो अनलाइन 

राजन गौतम
टोकियो, बैशाख १० गते बुधबार । जापानको टोकियोमा अर्का एक नेपालीमा पनि कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। 

यस पटक संक्रमण पुस्टि भएका, ३५ वर्ष उमेर समुहका पुरुष हुन् । यस अघि सोही रेस्टुरेन्टका अर्का पुरुषमा संक्रमण पुष्टि भएको थियो। नेपाली राजदूतावाले दिएको जानकारी अनुसार उनलाई हस्पिटल भर्ना गरी उपाचारको प्रकृया अघि बढाईएको छ ।

यो संगै टोकियोमा २ तथा ईबाराकी केनमा १ गरि, जापानमा कोरोना संक्रमित नेपालीको संख्या ३ पुगेको छ । यस मध्ये ईबाराकी केनमा संक्रमित भई उपचाररत नेपाली युवतीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ । राजदुतावासले जनाए अनुसार उनको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ । अव तेस्रो पनि नेगेटिभ आए अस्पतालबाट डिस्चार्ज हुनेछिन् ।

जापानभर कोरोना संक्रमण बढ्दै जाँदा नेपाली समुदायमा पनि संक्रमितहरु बढ्न थालेका छन्, टोकियो, साईतामा, चिबा, आईची तथा नागासाकीमा परिक्षण रिपोर्ट आउन बाँकी अन्य नेपालीहरु पनि रहेको बुझिएको छ ।

Comments