- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मेरो अनलाइन
राजन गौतम
टोकियो, बैशाख १० गते बुधबार । जापानको टोकियोमा अर्का एक नेपालीमा पनि कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।
यस पटक संक्रमण पुस्टि भएका, ३५ वर्ष उमेर समुहका पुरुष हुन् । यस अघि सोही रेस्टुरेन्टका अर्का पुरुषमा संक्रमण पुष्टि भएको थियो। नेपाली राजदूतावाले दिएको जानकारी अनुसार उनलाई हस्पिटल भर्ना गरी उपाचारको प्रकृया अघि बढाईएको छ ।
यो संगै टोकियोमा २ तथा ईबाराकी केनमा १ गरि, जापानमा कोरोना संक्रमित नेपालीको संख्या ३ पुगेको छ । यस मध्ये ईबाराकी केनमा संक्रमित भई उपचाररत नेपाली युवतीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ । राजदुतावासले जनाए अनुसार उनको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ । अव तेस्रो पनि नेगेटिभ आए अस्पतालबाट डिस्चार्ज हुनेछिन् ।
जापानभर कोरोना संक्रमण बढ्दै जाँदा नेपाली समुदायमा पनि संक्रमितहरु बढ्न थालेका छन्, टोकियो, साईतामा, चिबा, आईची तथा नागासाकीमा परिक्षण रिपोर्ट आउन बाँकी अन्य नेपालीहरु पनि रहेको बुझिएको छ ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments