- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मेरो अनलाइन
काठमाडौं, बैशाख १० गते बुधबार । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच मध्यरातमा एकीकरण भएको छ । एकीकरण पछी नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राखिएको छ ।
झण्डा समाजवादीको र चुनाव चिन्ह रहनेगरी पार्टी एकीकरण भएको हो । अब एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ भने झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुने भएको छ।
सरकारले ल्याएको नयाँ अध्यादेशका कारण समाजवादी पार्टी फुट्ने चर्चा चलिरहेको बेला बेला दुई पार्टी एक भएका हुन ।
एकीकरणको सहमति पत्रमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादी पार्टीको तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
भोलि नै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरिने बताइएको छ ।
दल विभाजन खुकुलो हुनेगरी आएको अध्यादेशको त्रासले मध्यरात राजपा र समाजवादी पार्टीबीच एकता भएको हो ।



Comments