Loading...
Logo
Image

कोरोना संक्रमित २ जना थपिए, संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं, बैशाख ११ गते बिहीबार । बिहीबार थप २ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएका नमुनामध्ये बिहीबार १ महिलामा पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । जनकपुरमा १४ पुरुषमा कोरोना देखिएको छ ।

 

Comments