Loading...
Logo
Image

सनसिटीका २ जना कोरोना संक्रमित उपचार पछि घर फर्किए

काठमाडौं, बैशाख ११ गते बिहीबार । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् । 

पाटन अस्पतालमा उपचार गराइरहेका आमा छोरा उपचार पछि घर फर्किएका  हुन्  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्तिहरु डिस्चार्ज भएको जानकारी दिएका हुन् । 

वैशाख १ गते उनीहरुमा  कोरोना पुष्टि भएको थियो ।

Comments