Loading...
Logo
Image

बैशाख १५ पछि लकडाउन खुकुलो हुने

काठमाडौं,बैशाख ११ गते बिहीबार । सरकारले असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरूलाई काममा आवद्ध गर्न आधारभूत उद्योग, विकास निर्माणका काम र केही सेवा क्षेत्रहरू खुला गर्ने तयारी गरिरहेको छ ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बैशाख १५ गते बाट लकडाउनको ठाउँं अनुसार फरक हुने र आधारभूत उद्योग खोल्ने तयारी गरिरहेको बताए । 

छिमेकी मुलुकहरूमा कोरोना नियन्त्रण र जोखिमको अवस्था हेरेर लकडाउन खोल्ने/नखोल्ने विषयमा निर्णय हुने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।

उनले भने, ‘छिमेकी मुलुकहरूमा कोरोना नियन्त्रण र जोखिमको अवस्था नहेरी एकपक्षीय ढंगले निर्णय गर्ने अवस्था रहँदैन ।’

लकडाउनको समयमा खुला सिमानाका कारण लुकीछिपी नेपाल प्रवेश गर्ने गरेको पाइएको उनले बताए । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले लुकीछिपी नेपाल आउनेहरूका कारण पनि नेपालमा कोरोना संक्रमणको जोखिम बढेको बताए ।

प्रवक्ता खतिवडाले छिमेकी मुलुकमा कोरोना रोकथामको प्रयास र नेपालमा स्वास्थ्य उपचारको पूर्वतयारी, स्वास्थ्य परीक्षणका विधि, उपकरण तथा स्वास्थ्यकर्मीलाई ध्यानमा राखेर लकडाउन खुल्ने बताए ।

 

 

स्रोत: Shilapatra

Comments