- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मेरो अनलाइन
काठमाडौं, बैशाख १२ गते शुक्रबार । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर राजनीतिक दल र संवैधानिक परिषद्सम्बधी अध्यादेशका बिषयमा छलफल गरेका छन् ।
अध्यादेशको बिषयमा अन्य दलहरु र आफ्नै दल भित्र पनि चर्को आलोचना भएपछी ओली बिहीवार साँँझ साढे ७ बजे शीतल निवास पुगेर राष्ट्रपतिसँग झन्डै एक घन्टा कुराकानी गरेका थिए।
अध्यादेश फिर्ता गर्ने विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिसँग परामर्श गरेका शीतल निवास स्रोतले जानकारी दिएको छ । भेटमा राष्ट्रपतिले यो संकटका बेला राजनीतिक वातावरण सन्तुलित हुने भए आफूले सक्दो सहयोग गर्ने जवाफ दिनुएको राष्ट्रपति निकट स्रोतले बतायो।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले विधेयक खारेज गर्न सक्ने संवैधानिक व्यवस्था छ ।
प्रधानमन्त्रीले यसअघी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि'प्रचण्ड'लाई अध्यादेश फिर्ता गर्न आफु सकारात्मक रहेको बताएका थिए।

Comments