Loading...
Logo
Image

अध्यादेश बारे प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल, अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री सकारात्मक

 मेरो अनलाइन

काठमाडौं, बैशाख १२ गते शुक्रबार । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर राजनीतिक दल र संवैधानिक परिषद्सम्बधी अध्यादेशका बिषयमा छलफल गरेका छन् ।

अध्यादेशको बिषयमा अन्य दलहरु र आफ्नै दल भित्र पनि चर्को आलोचना भएपछी ओली बिहीवार साँँझ साढे ७ बजे शीतल निवास पुगेर राष्ट्रपतिसँग झन्डै एक घन्टा कुराकानी गरेका थिए।
 
अध्यादेश फिर्ता गर्ने विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिसँग परामर्श गरेका शीतल निवास स्रोतले जानकारी दिएको छ । भेटमा राष्ट्रपतिले यो संकटका बेला राजनीतिक वातावरण सन्तुलित हुने भए आफूले सक्दो सहयोग गर्ने जवाफ दिनुएको राष्ट्रपति निकट स्रोतले बतायो।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले विधेयक खारेज गर्न सक्ने संवैधानिक व्यवस्था छ ।   
 

प्रधानमन्त्रीले यसअघी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि'प्रचण्ड'लाई अध्यादेश फिर्ता गर्न आफु सकारात्मक रहेको बताएका थिए। 

 

Comments