मन्त्रिपरिषद् बैठक शुरु,अध्यादेशबारे छलफल हुने
मेरो अनलाइन
काठमाडौं, बैशाख १२ गते शुक्रबार । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बस्ने अध्यादेशको नेकपाभित्रै र बाहिर पनि विरोध भइरहेको छ ।
चौतर्फी दबाब सिर्जना भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाेकका हुन् ।
त्यस्तै पछिल्लो पटक थपिएको लकडाउनको अवधि १५ वैशाखमा सकिन लागेको सन्दर्भमा अबको लकडाउन नीतिको विषयमा पनि छलफल गरिने जनाइएको छ ।

Comments