# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख १२ गते शुक्रबार । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले जारी गरेका २ अध्यादेश खारेज गरेकी छन् । शुक्रबार राष्ट्रपतिले मन्त्रिपरिषद्ले सिफारिस गरेका २ अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशरप्रसाद घिमिरेले जानकारी दिए ।
राष्ट्रपति भण्डारीबाट संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश खारेज भएका हुन् । वैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
विवाद बढ्दै गएपछि शुक्रबारको मन्त्रिपरिषद्ले दुवै अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
Featured News

Comments