Loading...
Logo
Image

राष्ट्रपतिद्वारा दुवै अध्यादेश खारेज

 

काठमाडौं, बैशाख १२ गते शुक्रबार । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले जारी गरेका २ अध्यादेश खारेज गरेकी छन् । शुक्रबार राष्ट्रपतिले मन्त्रिपरिषद्ले सिफारिस गरेका २ अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशरप्रसाद घिमिरेले जानकारी दिए ।

राष्ट्रपति भण्डारीबाट संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश खारेज भएका हुन् । वैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

विवाद बढ्दै गएपछि शुक्रबारको मन्त्रिपरिषद्ले दुवै अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

Comments