Loading...
Logo
Image

‘गर्मी लाग्नुअघि नै कोरोना महामारी समाप्त हुन्छ’

काठमाडौं, बैशाख १२ गते शुक्रबार । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले मिडिया ब्रिफिङका क्रममा अहिलेसम्मको तथ्यांकले कोरोना भाइरस संक्रमणमा कमी आइरहेको र आफूहरु राम्रो अवस्थामा रहेको देखाएको बताएका छन् ।

उनले न्युयोर्क, न्युजर्सीजस्ता केही हटस्पट कोरोना संक्रमणको उच्च बिन्दुमा पुगिसकेको र त्यहाँको अवस्थामा सुधार आउन थालेको दाबी गरेका छन् ।

उनले भने, ‘फेरि पनि हाम्रो अवस्था राम्रो भइरहेको छ र यदि हामी यस्तै प्रयास जारी राख्नेछौं र गर्मीको सुरुवातसम्ममा हामी केही राम्रो अवस्थामा पुगिसकेका हुनेछौं ।’

उनले अमेरिकाका ५० मध्ये १६ राज्यमा लकडाउन खोल्ने औपचारिक योजना अघि बढिरहेको बताएका छन् ।

उनले अमेरिकामा हालसम्म ४९ लाख ३० हजारभन्दा बढीको कोरोना भाइरस संक्रमण परीक्षण भइसकेको र अन्य कमर्सियल ल्याबमा थप एक लाखको परीक्षण भएको जानकारी दिएका छन् ।

स्रोत: Shilapatra.com

Comments