Loading...
Logo
Image

कोरोना भाइरसका कारण अमेरिकामा मात्र ५२ हजार भन्दा बढीको मृत्‍यु

 मेरो अनलाइन 

काठमाडौं, बैशाख १३ गते शनिबार । कोरोना भाइरस (कोभिड–१९) बाट अमेरिकामा ५२ हजार १ सय ८५ जनाको मृत्यु भएको छ भने ९ लाख २५ हजार भन्दा बढी संक्रमित भएका छन् भने १ लाख १० हजार ४ सय ३२ जना निको भएका छन् । 
यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित मानिसको संख्या २८ लाख ३१ हजार ५ सय १३  पुगेको छ । कोरोना भाइरसका कारण विश्वभर १ लाख ९७ हजार २ सय ९७ जनाको मृत्यु भएको छ ।
स्पेनमा २ लाख १९ हजार बढी संक्रमित भएका छन् भने २२ हजार ५ सय २४ जनाको मृत्यु भएको छ । त्यस्तै ९२ हजार ३ सय ५५ जना निको भएका छन् ।

इटलीमा १ लाख ९२ हजार ९ सय ९४ जना संक्रमित भएका छन् भने २५ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ र ६० हजार ४ सय ९८ जना उपचार पछी घर फर्किएका छन् । 

फ्रान्समा १ लाख ५९ हजार ८ सय २८ जनामा संक्रमण देखिएको छ र २२ हजार २ सय ४५ जनाको मृत्य भएको छ । फ्रान्समा निको हुनेको संख्या ४३  हजार ४ सय ९३ रहेको छ । बेलायतमा १ लाख ४३ हजार ४ सय ६४ संक्रमित छन् भने १९ हजार ५ सय ६ जनाको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख ५४ हजार भन्दा बढी संक्रमित भएका छन्, जसमध्ये १  लाख ९ हजार ८ सय निको भएका छन् भने ५ हजार ७ सय ६० जनाको मृत्यु भएको छ ।


अहिलेसम्म विश्वभर संक्रमितहरु मध्ये ८ लाख ६ हजार ८ सय ९४ जना उपचारपछि घर फर्किसकेका छन् ।

Comments