- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मेरो अनलाइन
काठमाडौं, बैशाख १३ गते शनिबार । कोरोना भाइरस (कोभिड–१९) बाट अमेरिकामा ५२ हजार १ सय ८५ जनाको मृत्यु भएको छ भने ९ लाख २५ हजार भन्दा बढी संक्रमित भएका छन् भने १ लाख १० हजार ४ सय ३२ जना निको भएका छन् ।
यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित मानिसको संख्या २८ लाख ३१ हजार ५ सय १३ पुगेको छ । कोरोना भाइरसका कारण विश्वभर १ लाख ९७ हजार २ सय ९७ जनाको मृत्यु भएको छ ।
स्पेनमा २ लाख १९ हजार बढी संक्रमित भएका छन् भने २२ हजार ५ सय २४ जनाको मृत्यु भएको छ । त्यस्तै ९२ हजार ३ सय ५५ जना निको भएका छन् ।
इटलीमा १ लाख ९२ हजार ९ सय ९४ जना संक्रमित भएका छन् भने २५ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ र ६० हजार ४ सय ९८ जना उपचार पछी घर फर्किएका छन् ।
फ्रान्समा १ लाख ५९ हजार ८ सय २८ जनामा संक्रमण देखिएको छ र २२ हजार २ सय ४५ जनाको मृत्य भएको छ । फ्रान्समा निको हुनेको संख्या ४३ हजार ४ सय ९३ रहेको छ । बेलायतमा १ लाख ४३ हजार ४ सय ६४ संक्रमित छन् भने १९ हजार ५ सय ६ जनाको मृत्यु भएको छ ।
जर्मनीमा १ लाख ५४ हजार भन्दा बढी संक्रमित भएका छन्, जसमध्ये १ लाख ९ हजार ८ सय निको भएका छन् भने ५ हजार ७ सय ६० जनाको मृत्यु भएको छ ।
अहिलेसम्म विश्वभर संक्रमितहरु मध्ये ८ लाख ६ हजार ८ सय ९४ जना उपचारपछि घर फर्किसकेका छन् ।

Comments