- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं,बैशाख १४ गते आइतबार । उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्य अवस्थाको रहस्य झनै गहिरिदै गएको छ । १२ अप्रिलमा मुटुको शल्यक्रिया गरिएका भनिएका नेता किमको स्वास्थ्यबारे सल्लाह दिन चीनले एक टोली प्योङयाङ पठाएको छ ।
शल्यक्रियापछि उनको अवस्थालाई लिएर प्रश्न उठ्ने गरेको छ । यसैक्रममा चीनका केही सामाजिक सञ्जालहरुमा कोरियाली नेता किमको मृत्यु भएको अलग अलग दाबी भाइरल बनेका छन् ।
चीनमा किमको मृत्युको खबर भाइरल बनिरहँदा जापानमा भने उनी हिँडडुल गर्न थालेको समाचार बाहिरिएको छ ।
रोयटर्सले चिनियाँ टोली पठाएको उल्लेख गर्दै सो टोली पठाउनुको उद्देश्यबारे केही बताउन नसक्ने उल्लेख गरेको छ । तर अबेर राति हङकङमा चीन समर्थित एक समाचार च्यानलले किमको मृत्यु भएको समाचार प्रशारण गरेको थियो ।
यसअघि शल्यक्रियापछि उनको अवस्था गम्भीर रहेको भन्ने खबरको चीन र दक्षिण कोरियाका अधिकारीहरुले खण्डन गरेका थिए ।
दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियामा कुनै असामान्य अवस्थाको संकेत नदेखिएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाली नेता किमको स्वास्थ्य खराब भएका दाबी झुठो भएको बताएका थिए ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments