# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख १४ गते आइतबार । नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ पुगेको छ । आज २ जना थपिएसँगै संक्रमितको संख्या ५१ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमितमा पर्साकाे वीरगञ्जका ५० वर्षीय पुरुषहरू रहेका छन् । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा दुवै जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।
उनीहरूको अहिले आइसोलेसनमा उपचार भइरहेको सहप्रवक्ता अधिकारीले बताए । नयाँ संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा ५१ जनामध्ये १२ संक्रमित भने उपचारपछि घर फर्किइसकेका छन् ।
Featured News

Comments