Loading...
Logo
Image

थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१ पग्यो

काठमाडौं, बैशाख १४ गते आइतबार । नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ पुगेको छ । आज २ जना थपिएसँगै संक्रमितको संख्या ५१ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमितमा पर्साकाे वीरगञ्जका ५० वर्षीय पुरुषहरू रहेका छन् । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा दुवै जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।

उनीहरूको अहिले आइसोलेसनमा उपचार भइरहेको सहप्रवक्ता अधिकारीले बताए । नयाँ संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ५१ जनामध्ये १२ संक्रमित भने उपचारपछि घर फर्किइसकेका छन् ।

Comments