Loading...
Logo
Image

मन्त्री परिषदको बैठक बस्दै, लकडाउन कम्तिमा ७ दिन थप्ने तयारी ।

सरकारले बैशाख १५ गतेसम्म जारी लकडाउन पुनः एक साताको लागि लम्ब्याउने तयारी गरिरहेकोो  छ । लकडाउनबारे थप निर्णय गर्न आज साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।

जारी लकडाउनलाई निरन्तरता दिँदै कोरोना भाइरसको प्रभाव नभएका क्षेत्रमा लकडाउन खुकुलो पार्न सकिनेगरी उच्चस्तरीय समितिले दिएको सिफारिसका आधारमा आजको बैठकले निर्णय गर्ने बताइएको छ ।

सरकारले पछिल्लो पटक थपेको १२ दिने लकडाउन भोलि सकिँदै छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा १ साता थप्न सुझाव दिइसकेको छ । स्वास्थ्य मन्त्रालयले समेत १ साता लकडाउनलाई निरन्तरता दिनुपर्ने प्रस्ताव समितिमा पठाएको थियो ।

आजको मन्त्रीपरिषदको बैठकमा आर्थिक पक्षको  पनि विश्ललेष  गरि निर्णय लिइने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । कोरोना कम प्रभावित क्षेत्रमा उद्योगधन्दा सञ्चालन गर्न सकिने भए लकडाउन केहि खुकुलो बनाउने गरि निर्णय लिइने उनले बताए ।

Comments