- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सरकारले बैशाख १५ गतेसम्म जारी लकडाउन पुनः एक साताको लागि लम्ब्याउने तयारी गरिरहेकोो छ । लकडाउनबारे थप निर्णय गर्न आज साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।
जारी लकडाउनलाई निरन्तरता दिँदै कोरोना भाइरसको प्रभाव नभएका क्षेत्रमा लकडाउन खुकुलो पार्न सकिनेगरी उच्चस्तरीय समितिले दिएको सिफारिसका आधारमा आजको बैठकले निर्णय गर्ने बताइएको छ ।
सरकारले पछिल्लो पटक थपेको १२ दिने लकडाउन भोलि सकिँदै छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा १ साता थप्न सुझाव दिइसकेको छ । स्वास्थ्य मन्त्रालयले समेत १ साता लकडाउनलाई निरन्तरता दिनुपर्ने प्रस्ताव समितिमा पठाएको थियो ।
आजको मन्त्रीपरिषदको बैठकमा आर्थिक पक्षको पनि विश्ललेष गरि निर्णय लिइने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । कोरोना कम प्रभावित क्षेत्रमा उद्योगधन्दा सञ्चालन गर्न सकिने भए लकडाउन केहि खुकुलो बनाउने गरि निर्णय लिइने उनले बताए ।

Comments