Loading...
Logo
Image

विश्वभर कोरोना संक्रमितको संख्या २९ लाख ९४ हजार नाघ्यो ।

काठमाडौं,बैशाख १५ गते सोमबार । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या २९ लाख ९४ हजार नाघेको छ । त्यस्तै भाईरसको संक्रमणबाट २ लाख ६ हजार बढिको मृत्यु भएको  छ ।

कोरोनाबाट निको हुने संक्रमतिको संख्या पनि दिनहुँ बढिरहेको छ । सोमबार बिहानसम्म ८ लाख ७८ हजार व्यक्ति कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।

कोरोनाबाट निको हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ । त्यहाँ हालसम्म १ लाख १८ हजार बढी व्यक्ति निको भइसकेका छन् ।

अमेरिकामा ९ लाख ८७ हजार व्यक्ति कोरोनाबाट प्रभावित भएका छन् । जसमध्ये ५५ हजार ४ सय संक्रमितको ज्यान गएको छ ।

त्यस्तै, स्पेनमा पनि कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख १७ हजार नाघेको छ । त्यहाँ २ लाख २६ हजार संक्रमितमध्ये २३ हजारले ज्यान गुमाएका छन् ।

जर्मनीमा १ लाख १२ हजार, चीनमा ७७ हजार, इटालीमा ६५ हजार, इरानमा झण्डै ७० हजार, फ्रान्समा ४५ हजार व्यक्ति संक्रमणबाट मुक्त भइसकेका छन् ।

टर्कीमा २९ हजार, ब्राजिलमा ३० हजार, स्टिजरल्याण्डमा २२ हजार, क्यानाडामा १७ हजार, अष्ट्रियामा १२ हजार, बेल्जियममा साढे १० हजार बढी व्यक्ति कोरोनाको उपचारपछि घर फर्किसकेका छन् । अरु देशमा पनि निको हुने व्यक्तिको संख्या बढिरहेको छ ।

दक्षिण एसियामा सबैभन्दा बढी कोरोनाबाट प्रभावित भारतमा साढे ६ हजार व्यक्ति निको भइसकेका छन् । त्यहाँ हालसम्म झण्डै २८ हजार संक्रमित छन् । जसमध्ये ८८१ जनाको मृत्यु भएको छ ।

त्यस्तै, पाकिस्तानमा झण्डै ३ हजार, बंगलादेशमा १२२, अफगानिस्तानमा २ सय बढी, श्रीलंकामा १२०, माल्दिभ्समा १७, नेपालमा १६ र भुटानमा ४ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

अहिले विश्वमा १९ लाख ९ हजार व्यक्तिको उपचार जारी छ ।

Comments