- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख १८ गते बिहीबार । सरकारले चैत र वैशाख महिनामा तिर्नुपर्ने करको भुक्तानीको समयावधी २५ जेठसम्मका लागि बढाएको छ । यसअघि सरकारले कर तिर्ने समय २५ वैशाखसम्म तोकेको थियो । यस बिचमा पनि लकडाउन नखुलेपछी अर्थ मन्त्रालयले कर भुक्तानी गर्न सकिने अवधि एक महिना थप्ने निर्णय गरेको हो
लकडाउन लम्बिएपछि करदाता बैंक वा कर कार्यालयसम्म पुग्न पाएका छैनन् । यसअवधिमा आर्थिक गतिविधि समेत ठप्प प्रायः छन् । तर, अहिले कर कार्यालयहरुले भने कार्यालयसम्म आउने करदाताको चेक आफैले बैंकसम्म पुगेर साटिदिने गरेका छन् । थप गरिएको समयमा मूल्य अभिवृद्धि कर ऐन अनुसार फागुन र चैत महिनाको मासिक, २०७६ साल माघ-फागुन महिनाको द्धिमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरण बमोजिमको कर दखिला गर्ने म्याद जेठ २५ सम्म सरेको हो ।
मूल्य अभिवृद्धि कर फिर्ता प्रयोजनका लागि मूल्य अभिवृद्धि ऐन अनुसार कर फिर्ताका लागि दिन पाउने निवेदन अवधि सकिएपछि पनि २५ जेठसम्म थप गरिएको छ ।
अन्तशूल्क ऐन अनुसार २०७६ साल फागुन र चैत महिनाको बुझाउनु पर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तशूल्क दाखिला गर्ने अवधि २५ जेठसम्म सरेको छ ।
आयकर ऐन अनुसार फागुन र चैत महिनाको बुझाउनु पर्ने अगि्रम कर कट्टी र अगि्रम कर असुलीको विवरण बुझाउने म्याद तथा रकम समेत २५ जेठसम्म बुझाउन सकिने भएको छ ।

Comments