Loading...
Logo
Image

कोरोना भाइरसका कारण अमेरिकामा मात्र ६५ हजार बढीको मृत्‍यु

मेरो अनलाइन 

काठमाडौं, बैशाख २० गते शनिबार । कोरोना भाइरस (कोभिड–१९) बाट अमेरिकामा ६५ हजार ७ सय २९ जनाको मृत्यु भएको छ । अमेरिकामा अहिलेपनी दैनिक करिव २ हजारको हाराहारिमा मानिसको मृत्‍यु भैरहेको छ । त्यहां ११  लाख ३० हजार भन्दा बढी संक्रमित हुँदा १ लाख ६१ हजार ५ सय ५१ जना निको भएका छन् । 
यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित मानिसको संख्या ३३ लाख ९८ हजार ७२  पुगेको छ । कोरोना भाइरसका कारण विश्वभर २ लाख ३९ हजार ३ सय ९९ जनाको मृत्यु भएको छ ।

स्पेनमा २ लाख ४२ हजार ९ सय ८८ संक्रमित छन् भने २४ हजार ८ सय २४ जनाको मृत्यु भएको छ । १ लाख ४२ हजार ४ सय ५० जना निको भएका छन् ।

इटलीमा २ लाख ७ हजार ४ सय २८ जना संक्रमित भएका छन् भने २८ हजार २ सय ३६ जनाको मृत्यु भएको छ र ७८ हजार २ सय ४९ जना उपचार पछी घर फर्किएका छन् ।

बेलायतमा १ लाख ७७ हजार भन्दा बढी संक्रमित भएका छन्, जसमध्ये २७ हजार ५ सय १० जनाको मृत्यु भएको छ ।
 

फ्रान्समा १ लाख ६७ हजार ३ सय ४६ जनामा संक्रमण देखिएको छ र २४ हजार ५ सय ९४ जनाको मृत्य भएको छ । फ्रान्समा निको हुनेको संख्या ५०  हजार २ सय १२ रहेको छ ।

अहिलेसम्म विश्वभर संक्रमितहरु मध्ये १० लाख ७९ हजार ५ सय ७२ जना उपचारपछि घर फर्किसकेका छन् ।

Comments