- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मेरो अनलाइन
काठमाडौं, बैशाख २० गते शनिबार । कोरोना भाइरस (कोभिड–१९) बाट अमेरिकामा ६५ हजार ७ सय २९ जनाको मृत्यु भएको छ । अमेरिकामा अहिलेपनी दैनिक करिव २ हजारको हाराहारिमा मानिसको मृत्यु भैरहेको छ । त्यहां ११ लाख ३० हजार भन्दा बढी संक्रमित हुँदा १ लाख ६१ हजार ५ सय ५१ जना निको भएका छन् ।
यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित मानिसको संख्या ३३ लाख ९८ हजार ७२ पुगेको छ । कोरोना भाइरसका कारण विश्वभर २ लाख ३९ हजार ३ सय ९९ जनाको मृत्यु भएको छ ।
स्पेनमा २ लाख ४२ हजार ९ सय ८८ संक्रमित छन् भने २४ हजार ८ सय २४ जनाको मृत्यु भएको छ । १ लाख ४२ हजार ४ सय ५० जना निको भएका छन् ।
इटलीमा २ लाख ७ हजार ४ सय २८ जना संक्रमित भएका छन् भने २८ हजार २ सय ३६ जनाको मृत्यु भएको छ र ७८ हजार २ सय ४९ जना उपचार पछी घर फर्किएका छन् ।
बेलायतमा १ लाख ७७ हजार भन्दा बढी संक्रमित भएका छन्, जसमध्ये २७ हजार ५ सय १० जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ६७ हजार ३ सय ४६ जनामा संक्रमण देखिएको छ र २४ हजार ५ सय ९४ जनाको मृत्य भएको छ । फ्रान्समा निको हुनेको संख्या ५० हजार २ सय १२ रहेको छ ।
अहिलेसम्म विश्वभर संक्रमितहरु मध्ये १० लाख ७९ हजार ५ सय ७२ जना उपचारपछि घर फर्किसकेका छन् ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments