- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख २० गते शनिबार । उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् ।
उत्तर कोरियाली सरकारी समाचार एजेन्सीले नेता किम सार्वजनिक भएको जानकारी दिएको हो ।
उनले रिबन काटेर सो कारखाना उदघाटन गरेको तस्वीर उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले सार्वजनिक गरेको हो ।
गत १२ अप्रिलपछि नेता किम सार्वजनिक रुपमा नदेखिएपछि उनको स्वास्थ्यलाई लिएर अनेक अड्कल काटिएका थिए । केसिएनएका अनुसार उनले एक रासायनिक मल बनाउने उद्योगको उद्घाटन गरेका हुन् ।
उनी सार्वजनिक हुँदा त्यहाँ उपस्थित मानिले ‘तालीको गडगडाहट’ ले स्वागत गरेका थिए । केसिएनएका अनुसार नेता किम आफ्नी बहिनी किम यो जोङ र केही वरिष्ठ अधिकारीका साथ उपस्थित भएका थिए ।
लामो समयसम्म उनी कार्यक्रमहरुमा नदेखिएपछि गम्भीर बिरामी भएको र मृत्यु समेत भैसकेको अड्कलबाजीसहित समाचारहरु सार्वजनिक भएका थिए ।
बुधबार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाली नेता किमको अवस्था आफूहरुलाई जानकारी नरहेको र त्यसबारे अनुसन्धान गरिरहेको बताएपछि थप अन्योलता बढेको थियो ।
यद्यपि दक्षिण कोरियाली अधिकारीहरुले किम गम्भीर बिरामी भएको भन्ने समाचार सत्य नभएको बताएका थिए ।
१५ अप्रिलमा आफ्ना हजुरबुबा तथा उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मोत्सवमा सहभागी नभएपछि उनको स्वास्थ्य गम्भीर रहेको समाचार बाहिर आएको थियो । किमको जन्मदिन उत्तर कोरियामा भव्य रुपमा मनाउने गरिन्छ ।
किम जोङ उन यो कार्यक्रममा हरेक वर्ष उपस्थित हुने गर्दथे । उत्तर कोरियाली नेता यो कार्यक्रममा जसरी पनि उपस्थित हुने गरेकोमा यस वर्ष किम अनुपस्थित भएपछि उनी बिरामी भएको अनुमान गरिएको थियो ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments