Loading...
Logo
Image

नयाँ बसाई व्यवस्थापन सहित नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, बैशाख २० गते शनिबार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ ।

आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कुर्सी सँगसँगै राखिएको छ । प्रचण्डलाई कार्यकारी अध्यक्ष दिएसँगै दुवै अध्यक्षको कुर्सी सँगसँगै थियो । तर, प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेपछि अलगै बस्दै आएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक सुरु भएको फेसबुकबाट जानकारी दिएका छन् । उनले फेसबुकमा सचिवालय बैठकको तस्बिर राख्दै नयाँ बसाइको व्यवस्थापनका साथ शुरु भएको उल्लेख गरेका छन् ।

Comments