Loading...
Logo
Image

विश्वभर कोरोना संक्रमितको संख्या ३५ लाख ६६ हजार नाघ्यो

मेरो अनलाइन

काठमाडौ, बैशाख २२ गते सोमबार ।  कोरोना भाइरस (कोभिड-१९) को प्रकोपबाट विश्वभर संक्रमित हुनेको संख्या ३५ लाख ६६ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमितको कुल संख्या ३५ लाख ६६ हजार नाघेको हो ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ११ लाख ८८ हजार पुगेको छ । जसमध्ये ६८ हजार ५ सयले ज्यान गुमाउँदा १ लाख ७८ हजार संक्रमित निको भएका छन्।अमेरिकामा २४ घण्टामा २७ हजार ३ सय संक्रमित थपिँदा १ हजार १५४ जनाको मृत्यु भएको छ ।

स्पेनमा संक्रमितको संख्या २ लाख ४७ हजार पुगेको छ । जसमध्ये २५ हजारको मृत्यु हुँदा १ लाख ४८ हजार संक्रमित उपचारपछि निको भएका छन् ।

इटालीमा अहिलेसम्म २ लाख १० हजार व्यक्तिमा कोरोना पुष्टि भएको छ । त्यहाँ २८ हजार ८ सय व्यक्तिले ज्यान गुमाउँदा ८१ हजार ६ सय व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

बेलायतमा १ लाख ८६ हजार, फ्रान्समा १ लाख ६८ हजार, जर्मनीमा १ लाख ६५ हजार, रुसमा १ लाख ३४ हजार, टर्कीमा १ लाख २६ हजार, ब्राजिलमा १ लाख १ हजार व्यक्ति कोरानाबाट प्रभावित भइसकेका छन् । 

कोरोना संक्रमणबाट अहिलेसम्म विश्वभर २ लाख ४८ हजार २ सय ८५  जनाले ज्यान गुमाएका छन् ।

Comments