- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख २३ गते मंगलबार । विश्वभर कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार नाघेको छ।
पछिल्लो २४ घन्टामा ४ हजार ९६ जनाको मृत्यु भएसङै विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार ३ सय ६६ पुगेको हो ।
यो समाचार तयार पार्दासम्म विश्वभर ३६ लाख ४४ हजार ८ सय ४० जना संक्रमित भएका छन्। सोमबार मात्रै ७९ हजार ५ सय ८२ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमितमध्ये करिब ११ लाख ९४ हजार ८ सय ७२ जना उपचारपछि निको भएका छन्।
अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६९ हजार ९ सय २१ पुगेको छ। त्यहां अहिलेसम्म १२ लाख १२ हजार ८ सय ३५ जना संक्रमित भएका छन्।
स्पेनमा संक्रमितको संख्या २ लाख ४८ हजार नाघेको छ । जसमध्ये २५ हजारको ४ सय २८ मृत्यु हुँदा १ लाख ५१ हजार एस् सय ३३ जना उपचारपछि निको भएका छन् ।
इटालीमा अहिलेसम्म २९ हजार ९७ जनाले ज्यान गुमाउँदा २ लाख ११ भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ ८२ हजार ८ सय ९७ जना उपचारपछि घर फर्किएका छन् ।
बेलायतमा २८ हजार ७ सय ३४ जना, फ्रान्समा २५ हजार २ सय १ जनाको मृत्यु भएको छ । a

Comments