Loading...
Logo
Image

कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार नाघ्यो, संक्रमितको संख्या ३६ लाख ४४ हजार भन्दा बढी

काठमाडौं, बैशाख २३ गते मंगलबार । विश्वभर कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार नाघेको छ।

पछिल्लो २४ घन्टामा ४ हजार ९६ जनाको मृत्‍यु भएसङै विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार ३ सय ६६ पुगेको हो । 

यो समाचार तयार पार्दासम्म विश्वभर ३६ लाख ४४ हजार ८ सय ४० जना संक्रमित भएका छन्। सोमबार मात्रै ७९ हजार ५ सय ८२ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमितमध्ये करिब ११ लाख ९४ हजार ८ सय ७२ जना उपचारपछि निको भएका छन्।

अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६९ हजार ९ सय २१ पुगेको छ। त्यहां अहिलेसम्म १२ लाख १२ हजार ८ सय ३५ जना संक्रमित भएका छन्।
स्पेनमा संक्रमितको संख्या २ लाख ४८ हजार नाघेको छ । जसमध्ये २५ हजारको ४ सय २८ मृत्यु हुँदा १ लाख ५१ हजार एस् सय ३३ जना उपचारपछि निको भएका छन् ।

इटालीमा अहिलेसम्म २९ हजार ९७ जनाले ज्यान गुमाउँदा २ लाख ११ भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ ८२ हजार ८ सय ९७ जना  उपचारपछि घर फर्किएका छन् ।

बेलायतमा २८ हजार ७ सय ३४ जना,  फ्रान्समा  २५ हजार २ सय १ जनाको मृत्‍यु भएको छ ।  a

Comments